मेष– परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम  सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला ।
वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो  भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।
मिथुन– आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ ।  प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । 
कर्कट– आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको  योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।
सिंह– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाकाम पाउने योग छ धन मनग्य  कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला । 
कन्या– स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा  गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।
तुला– आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो  सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।
वृश्चिक– कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई  नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।
धनु– आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै  संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । 
मकर– अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वादविवादको  सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला ।
कुम्भ– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नया कामको सुरुवात  खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । 
मीन– चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल  सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको