सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ। गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा प्रतियोगिता हुन लागेको हो ।
यहि असोज २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा गोलन्जोर गाउँपालिकाभित्रका सातवटै वडाका खेलाडीले सहभागिता जनाउन पाउने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडा खेलाडीमार्फत आफ्नो टिम दर्ता तथा सहभागिता गराउनुपर्नेछ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ,उपविजेताले ३० हजार रुपैयाँ, तृतीय हुने टिमले २० हजार रुपैयाँ र सान्त्वना हुने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
गाउँपालिकाका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी गोलन्जोर गाउँपालिकाभित्रकै बासिन्दा हुनुपर्नेछ। पालिकाभन्दा बाहिरका खेलाडी टिममा सहभागी भएमा उक्त टिम प्रतियोगिताबाट स्वतः बाहिरिने सूचनामा उल्लेख छ।
गाउँपालिकाले प्रतियोगितामार्फत स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवाको सहभागिता बढाउने उद्देश्य राखेको छ। प्रतियोगिता खनियाखर्क खेल मैदानमा हुनेछ ।




प्रतिक्रिया थप्नुहोस्