रामेछापेली गायक आलोक घिसिङको नयाँ गीत “खाडी मुलुक” सार्वजनिक भएको छ। ऋणको भारी बोकेर साहुको निरन्तर किचकिच सहन नसकी बाध्य भएर पर्देसिनु पर्ने एक नेपाली युवाको कथालाई समेटिएर मार्मिक र मर्मस्पर्शी शब्दहरूले सजिएको नयाँ गीत खाडी मुलुक छुट्ने बेला हेर्देउ पुलुक्क सार्वजनिक भएको हो ।गायक आलोक घिसिङले आफ्नै स्वर,शब्द तथा सिर्जनामा आलोक घिसिङ अफिसियल युटुब च्यानलबाट “खाडी मुलुक” बोलको गीत सार्वजनिक गर्नुभएको हो । उक्त गीतमा सन्जय पाल्पालीकोे संगीत संयोजन छ। गायक घिसिङलाई गायनमा गगां बिस्वकर्माले साथ दिनुभएको छ ।
देशभित्र रोजगारीको अभाव, गरिबी र पारिवारिक जिम्मेवारीका कारण युवाहरू कसरी ऋणको चक्रमा फस्दै खाडी मुलुक जान बाध्य छन् भन्ने यथार्थ गीतका शब्दमा स्पष्ट देखिन्छ। घर छोड्दाको क्षण, श्रीमतीको आँसु, मनमा बोकेका सपना र साहुको त्रास गीतको मूल भाव बनेको छ।गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओमा रामेछापेली कलाकार बिनय लामालाई सिन्धुलीकी कलाकार निरुता लामाले साथ दिनुभएको छ ।सार्वजनिक भएलगत्तै गीतले सामाजिक सञ्जालमा चर्चा पाएको छ भने धेरै श्रोता–दर्शकले यसलाई आफ्नै जीवन कथा सँग जोडेर प्रतिक्रिया दिएका छन्।
https://youtu.be/HH9vH7WklDY





प्रतिक्रिया थप्नुहोस्