अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा रोकेको बताएका छन्। उनले दुवै पक्षबिच नयाँ युद्धविराम सम्झौता हुन नसके आक्रमण फेरि सुरु गरिने चेतावनी पनि दिएका छन्।
तर इरानको विदेश मन्त्रालयले अमेरिकासँग कुनै वार्ता नभइरहेको स्पष्ट पार्दै तेहरानले 'युद्ध र शान्तिको समय अमेरिकालाई निर्धारण गर्न दिने छैन' भन्ने स्पष्ट पारेको छ।
यसैबिच, युद्धविरामको अनिश्चितताबीच साउदी अरेबियाको रक्षा मन्त्रालयले इराकस्थित इरान समर्थित मिलिसियाले प्रहार गरेका तेल पूर्वाधार लक्षित केही ड्रोनहरू खसालिएको जनाएको छ। घटनाले मध्यपूर्वमा तनाव अझै कायम रहेको संकेत दिएको छ।
तनावका बिच विश्व बजारमा कच्चा तेलको मूल्य भने घटेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ६.७ प्रतिशतले घटेर प्रतिव्यारेल ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ। बाब अल-मन्देब र होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत पनि सप्ताहन्तमा घटेको बताइएको छ।
क्यास्पियन सागरमा इरानी जहाजमाथि भएको युक्रेनी आक्रमणपछि इरानले युक्रेनविरुद्ध कडा चेतावनी दिएको छ। उक्त आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका थिए।
इरानका विदेशमन्त्री अब्बास अराघचीले घटनालाई गम्भीर भन्दै 'यो आक्रमण जवाफबिना छोडिने छैन' चेतावनी दिएका छन्। घटनापछि तेहरानले कीभप्रति आफ्नो चेतावनी र कूटनीतिक दबाब बढाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आग्रहमा अमेरिकाले इरानमाथिको आक्रमण अस्थायी रूपमा रोकेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकासँग कुनै वार्ता नभइरहेको र युद्ध तथा शान्तिसम्बन्धी निर्णय अमेरिकाले गर्न नसक्ने स्पष्ट पारेको छ।
यस घटनाक्रमले मध्यपूर्व र पूर्वी युरोप दुवैतर्फ सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ। विशेषज्ञहरूका अनुसार इरान–युक्रेन तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने देखिएको छ।










प्रतिक्रिया थप्नुहोस्