कोशी सरकारमा नेकपा भित्रिँदै, आजै दिउँसो ३ बजे मन्त्रीहरूको शपथ

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन पहिलो साता भएको तीनबुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। 

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्रीले गरेका हुन्। दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

सहमति अनुसार नेकपाले चारवटा मन्त्रालय पाउने निश्चित भइसके पनि कुन-कुन मन्त्रालय दिइने भन्ने विषय भने गोप्य राखिएको छ। स्रोतका अनुसार नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन मन्त्रालय र स्वास्थ्य वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ।

नेकपाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अहिलेसम्म अन्तिम टुङ्गो लागिसकेको छैन। यद्यपि नेकपाबाट जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू तथा राजन किराँती र दुर्गा चापागाईं मान्छेमध्ये एक जना सरकारमा जाने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको