उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा आइतबार आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्वऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अन्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधानसभा उम्मेदवार दीप योञ्जनलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, सरोकारवाला र स्थानीयवासीको सहभागिता रहेको थियो। आयोजकका अनुसार भेलामा करिब एक सय जनाको सहभागिता रहेको थियो।
भेलामा पार्टीको संगठन विस्तार, स्थानीयस्तरमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ।
उज्यालो नेपाल पार्टीले पछिल्लो समय स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न जिल्लामा भेला तथा संगठन निर्माणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।





प्रतिक्रिया थप्नुहोस्