नेपाली कांग्रेस रामेछापको महाधिवेशन प्रतिनिधिमा ३३ जना निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा असोज १३ गते भएको संघीय महाधिवेशन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ। कुल १ हजार ७ सय १३ जना मतदाताले खसालेको मत शुक्रबार साँझ अबेरसम्म गणना गरिएको हो।

जिल्ला निर्वाचन समितिका अनुसार संघीय महाधिवेशन प्रतिनिधिका लागि खुला तथा विभिन्न समावेशी क्षेत्र र वर्गबाट ३३ जना निर्वाचित भएका छन्। 
रामेछापबाट ३२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएकोमा केन्द्रीय निर्वाचन समितिको निर्देशनबमोजिम एक जना थप गरी ३३ जनालाई निर्वाचित घोषणा गरिएको हो। महाधिवेशन प्रतिनिधिका लागि कुल १ सय ८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार निर्वाचित हुनेमा दिपक खड्का, रामचन्द्र खड्का, निरोज खड्का, कमान खड्का (दिपेन्द्र), बिनिता खड्का, चिना खड्का कार्की, श्रृजना खड्का, काजीबहादुर खड्का, लेखबहादुर कार्की, विनोद कार्की, उर्मिला कार्की, उत्तम कार्की, केशव महत, प्रकाश कटुवाल, विनोद बुढाथोकी, सुन्दर चालिसे, लबश्री न्यौपाने, एन्जिला न्यौपाने, रामकुमारी डाँगी, कुमारी हायु, ज्योति सुनुवार, ज्ञानु श्रेष्ठ, सन्ध्या घतानी, सुरेश सुवेदी, मुत्तबहादुर महते, आँधि लामा (सनक), राजेशकुमार श्रेष्ठ, गेल्जे शेर्पा, तोरणबहादुर सुनुवार, नवराज थोकर, गुणराज भट्टराई (आकाश), ई. नारायण घिमिरे र अर्जुन केसी रहेका छन्।

यसैबीच प्रदेश पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधिको मतगणना भने जारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार दुवै प्रदेशको मतगणना शनिबार बेलुकासम्म सम्पन्न गर्ने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

↑