“गुणस्तरी शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास र आधारभूत शिक्षा प्रर्वद्धन परियोजना” को विद्यालयस्तरमा परियोजनाको जानकारीका साथै अन्र्तक्रिया कार्यक्रम मिति २०७८ फाल्गुण ५ गते देखि शुरु गरिएको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको आयोजना तथा प्राविधिक सहयोग, न्भचmबल ऋययउभचबतष्यल ९द्यःश्० ÷चाइल्ड एड नेटवर्क फाउन्डेसन जर्मनीको आर्थिक सहयोग तथा स्थानीय सरकार, गोकुलगंगा गाँउपालिका, रस्नालु ३, रामेछाप बागमती प्रदेशको सहकार्यमा परियोजना १५ आश्विन २०७८ देखि सञ्चालन भएको र परियोजनाको अवधी १६ पौष २०८१ सम्म रहनेछ । गाँउपालिकाका ३४ वटा विद्यालय तथा विद्यालयमा आधारित २८ बालविकास केन्द्र र ५ वटा समुदायमा आधारित बालविकास केन्द्रमा यो परियोजना लागू गरिएको छ ।
बालविकास केन्द्र तथा विद्यालयको कक्षा १ देखि ३ सम्मका लागि बालमैत्री तथा सिकाइ वातारवरण सिर्जना गर्नका निम्ति आवश्यक पूर्वाधार तथा कक्षाकोठा व्यवस्थापन, बालविकास केन्द्रमा भौगोलिक तथा सामाजिक सिकाइ वातावरण निर्माणका निम्ति स्थानियस्तरमा जुटाउने सहयोगको बारेमा ३४ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा बालशिक्षक र कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरु सँग अन्र्तक्रिया कार्यक्रम १३ वटा क्लष्टरमा सम्पन्न भएको परिेयोजना संयोजक कर्ण दरैले जानकारी गराउनु भयो । अन्र्तक्रिया कार्यक्रम पालिकाका ६ वटा वडामा रहेका सम्पूर्ण विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रलाई समेट्ने गरि १४ क्लष्टरमा विभाजन गरिएको तथा १३ वटा क्लष्टरमा परियोजना सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । परियोजनाको उद्धेश्य, अपेक्षित उपलब्धी, परियोजना अवधी भित्र गरिने विभिन्न क्रियाकलापहरु तथा प्रारम्भिक बालविकास केन्द्रमा राष्ट्रिय न्यूनतम मापदण्डको आधारमा कक्षा व्यवस्थापन, सिकाइ क्षेत्र तथा सामग्री व्यवस्थापन, बालविकास केन्द्रका बालवालिकाका लागि बाहिरी खेलका सामग्री, बालविकास केन्द्रमा भौगोलिक तथा सामाजिक सिकाइ वातावरण निर्माण तथा यसको महत्व, न्यूनतम रुपमा कक्षा १ देखि ३ सम्म बालमैत्री बसाई व्यवस्थापन तथा सिकाई सामग्री र पुस्ताकालयको व्यवस्थापनबारे आवश्यक छलफल तथा अन्र्तक्रिया गरियो । विद्यालयस्तरमा गरिएको अन्र्तक्रिया कार्यक्रम पश्चात बालविकास केन्द्रमा भौगोलिक तथा सामाजिक सिकाइ वातावरण निर्माणका लागि आवश्यक कच्चा सामग्री विद्यालय तथा समुदायस्तरमा जुटाउने प्रतिवद्धता समेत विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, तथा प्रधानाध्यापक र शिक्षकहरुबाट प्रतिवद्धता गर्नुका साथै बालविकास केन्द्रमा भौगोलिक तथा सामाजिक सिकाइ वातावरण निर्माण गर्नु पर्ने आवश्यकता समेत रहेको अन्र्तक्रियामा भाग लिएका सहभागीहरुले बताउनु भएको थियो । भौगोलिक तथा सामाजिक सिकाइ वातावरण निर्माणका लागि प्राविधीक सहयोग रुपमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा उपलब्ध गराउने निर्णय विद्यालय स्तरमा गरिएको छ । यस अन्र्तक्रिया कार्यक्रमको सहजीकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका परियोजना संयोजक श्री कर्ण दरै तथा तालिम अधिकृत श्री दीपा खर्कवालले गर्नु भएको र कार्यक्षेत्रका विद्यालयहरुसँग आवश्यक समन्वय तथा समय व्यवस्थापनका लागि फिल्डमा रहेका मेन्टरहरु बाट गरिएको समेत परियोजना संयोजकले बताउनु भयो ।





प्रतिक्रिया थप्नुहोस्