प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ

प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । मंगलबार रिसोर्टमा शंकास्पद गतिविधि गरिरहेको आशंकामा ३१ जना पुरुष र ५ जना चिनियाँ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताए ।

 

 

नागरिकहरूले एक महिनादेखि सो रिसोर्ट भाडामा लिएर अवैध गतिविधि सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुईवटा ठूला हलमा धेरै संख्यामा मोबाइल, ल्यापटप र कम्प्युटर फेला परेको छ । प्रहरीले ती सामान रिसोर्टमा नै सिल गरेर राखेको छ ।

चिनियाँहरूमाथि अनुसन्धान गर्न सीआईबीलाई आग्रह गरिएको डीएसपी विष्टले बताए । उनले भने, ‘केन्द्रीय अनुसन्धान ब्युरोको टोली आएपछि थप अनुसन्धान अघि बढाउँछौं ।’

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑