रामेछाप । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कुमारी बैंक लिमिटेड मन्थली शाखाले रामेछापको मन्थली नगरपालिका–७ मुगीटारस्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयलाई शैक्षिक तथा खानेपानीसम्बन्धी सामग्री सहयोग गरेको छ।
बैंकले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज बनाउन एक थान वाटर डिस्पेन्सर तथा विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन एक थान साउन्ड एम्प्लिफायर स्पिकर हस्तान्तरण गरेको हो।
बैंकका अनुसार प्रदान गरिएका सामग्रीबाट विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
बैंकका मन्थली शाखा प्रमुख ईश्वर पौडेल तथा कर्मचारी दिनेश कार्कीको उपस्थितिमा बिहीबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापनलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा समय–समयमा यस्ता सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


2026-07-23-04-07-16.jpeg)







प्रतिक्रिया थप्नुहोस्