ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय रामेछापको आयोजनामा सदस्य मृत्यु राहत तथा कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा केन्द्र नं. ००८.०९२.०३.२ की सदस्य स्वर्गीय अमृत माया मगरको असामयिक निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाको सदस्य राहत सुविधा तथा बीमा दाबी बापतको रु. २ लाख २५ हजार रकम उहाँका हकवाला दल बहादुर मगरलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमका क्रममा शाखाका कर्मचारी अनुप ढुङ्गानाले मृतक सदस्यले संस्थाबाट लिएको कर्जा तथा संस्थासँग रहेको वित्तीय कारोबारबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप शाखाका शाखा प्रमुख बिमल अधिकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा बीमाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले सञ्चालन गर्दै आएका विभिन्न वित्तीय तथा सामाजिक सुरक्षा कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँले नियमित बचत, जिम्मेवार कर्जा उपयोग तथा बीमाको महत्व बुझेर संस्थासँग अझ नजिकबाट सहकार्य गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो।
उहाँले संस्थाले सदस्यहरूको आर्थिक उन्नयन, आत्मनिर्भरता तथा सामाजिक सुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सदस्यमैत्री कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा केन्द्र प्रमुख मन्दिरा राई, केन्द्रका भद्रभलाद्मी, शाखाका कर्मचारी अनुप ढुङ्गाना तथा शाखा प्रमुख बिमल अधिकारीको संयुक्त उपस्थितिमा मृतक सदस्य अमृत माया मगरका हकवाला दल बहादुर मगरलाई रु. २ लाख २५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो।
सहयोग रकम ग्रहण गर्दै परिवारजनले विपत्तिको घडीमा संस्थाबाट प्राप्त सहयोगले ठूलो राहत पुगेको भन्दै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय अमृत माया मगरप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। संस्थाले सदस्य हित, सामाजिक सुरक्षा तथा मानवीय उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः उजागर गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।





प्रतिक्रिया थप्नुहोस्