रामेछापको सुनापति गाउँपालिकाले एक वर्षभरीमा ८४.७८ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार गाउँपालिकाले चालू आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रगती प्रतिवेदन अनुसार चालू तर्फ ३४ करोड ५५ लाख ५४ हजार ३ सय ९२ रुपैयाँ अनुमानित बजेट रहेकोमा ३१ करोड १९ लाख २२ हजार ७ सय ९९ रुपैयाँ अर्थात ९०.२६ प्रतिशत खर्च भएको छ ।
यसैगरी पुँजीगत तर्फ २० करोड ७ लाख ७८ हजार बजेट रहेकोमा १५ करोड १२ लाख ७१ हजार ८ सय ४० अर्थात ७५.३४ प्रतिशत खर्च भएको छ । चालू पुँजी दुबैगरी ५४ करोड ६३ लाख ३२ हजार ३ सय ९२ रुपैयाँ कुल बजेट रहेकोमा ४६ करोड ३१ लाख ९४ हजार ६ सय ३९ रुपैयाँ अर्थात ८४.७८ प्रतिशत खर्च भएको हो ।
गाउँपालिकाले यो एक वर्षको अबधिमा ८० लाख ३८ हजार ८ सय ९ रुपैँया राजश्व संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरीकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र विकास निर्माणका कामहरुसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष ठुलाकान्छा तामाङ,प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार श्रेष्ठ र सम्बन्धित शाखाका प्रमुखहरुले दिएका थिए । प्रहार मिडिया प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गरेको थियो ।


2026-07-23-04-07-16.jpeg)







प्रतिक्रिया थप्नुहोस्