यही आउँदो २२ आइतबार चैत २०८२ देखि नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण मार्फत मतदाता नामावलीमा अनलाइनकाे माध्यम बाटै नाम दर्ता गर्न सक्नेछन् । साथै राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको प्रि-इनरोलमेन्ट (Pre-Enrollment) प्रणालीमार्फत अनलाइन फाराम भर्नुपर्नेछ ।

त्यसपछि आफ्नो फोटो तथा औँठाछापसहितको जैविक (बायोमेट्रिक) विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा आवेदक स्वयम् भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइनबाटै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसमार्फत नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार सच्याउने आदि त्रुटिहरू पनि सच्याउन सकिने आयोगले जानकारी दिएकाे छ 

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑