ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।शुक्रबार दिउँसो बीपी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटना भएको हो ।
बा प्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउन ब्याक गर्ने क्रममा बस पछाडि सर्दा पछाडिको चक्का नालामा परि अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
दुर्घटनालगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले ९ जना घाइतेहरूको उद्धार गरि उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाएको छ । घटनास्थलमा उद्धार कार्य भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।









प्रतिक्रिया थप्नुहोस्