" जानी जानी फेल "
सन्सार जित्छु झै लाग्थ्यो,
अहिले
शरीर भन्दा पनि मन थाकेको छ ।
त्यो साहश त्यो मनोबल
कता गयो गयो ,
म नराम्रो सग हारे नराम्रो सग चुके ।
एउटा परिक्षा
जस्मा
म जानी जानी फेल भए,
उतर पुर्ण थियो
तर
लेख्न सकिन कोर्न सकिन ।
आत्म बोध भएको छ ,
अनुहारमा हासो छ,
हृदय भरी चोट छ ,
म भित्र छट्पटी छ ,
समग्रमा ज्वालामुखी
बिस्फोटन भएर ,
लाभा हरु तिरबित हुन मात्रै
बाकी छ ।
तछाड मछाड गर्दै ,
आन्तरिक प्रतिपक्षहरुले ,
समुन्द्रको ज्वार भाटा निकाल्दै छन ।
बिबश केबल बिबश ,
आफनै अनुहारमा मुकुट लगाएर
बस्नु परेको छ ।
समयको प्रतीक्षामा छु
धैर्य गर्दैछु ,
म हतोत्साहित हुनु हुदैन ,
साच्चिकै म फेरि
त्यो परिक्षा दिने छु ,
अब जानी जानी फेल हुनु हुदैन ।
पुर्ण हुनेछु पूरा पुर्ण
जुन खुशिको लागि ,
म लडेकी छु त्यो खुशी
पक्कै ल्याउने छु ।।।।
लेखक:सुनिता सिग्देल
प्रतिक्रिया थप्नुहोस्