आज काठमाण्डौ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका एक/दुई ठाउँमा मात्रै मध्यय खालको वर्षा भएको छ ।
अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी परेन । बेलुकीपख चितवन, दैलेख लगायतका जिल्लामा पनि पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
महाशाखाले जारी गरेको आउँदो तीन दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ ।










प्रतिक्रिया थप्नुहोस्