प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले भ्रमणकाे औपचारिक निम्ताे पठाएकाे जनाएकाे छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आज नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाइएको बताउनुभएकाे हाे ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भ्रमणकाे समय र मितिबारे भने जानकारी दिनुभएन ।
यस्तै नेपालबाट विशेष दूत आएर भारतमा सरोकारवालाहरूसँग वार्ता गरेको विषयबारे उहाँले आफूलाई जानकारी नभएकाे उल्लेख गर्नुभयाे । उहाँले प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दाबीबारे आफूलाई थाहा नभएकाे बताउनुभएकाे हाे ।









प्रतिक्रिया थप्नुहोस्