गोकुलगंगा गाउँपालिकाका शिक्षकलाई ५ दिने पुनर्ताजगी तालिम 

रामेछापको गोकुलगंगा गाउँपालिकाका शिक्षकलाई ५ दिने पुनर्ताजगी तालिम दिइएको छ । गोकुलगंगा गाँउपालिकाका ३४ विद्यालयका कक्षा एकका ३४ जना शिक्षकहरुलाई तालिम दिइएको छ । गुणस्तरीय शिक्षा सुदृढीकरणका लागि प्रारम्भिक बाल शिक्षा तथा विकास र आधारभूत शिक्षा प्रवर्धन परियोजना अन्र्तगत एकीकृत  शिक्षण सिकाइका लागि तालिम दिइएको हो । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको आयोजनामा The Federal Ministry for Economic Cooperation and Development (BMZ) तथा चाइल्ड एड नेटवर्क फाउन्डेसन जर्मनीको सहयोग तथा र गोकुलगंगागाँउपालिकाको सहकार्यमा तालिम प्रदान गरिएको बताइएको छ ।

तालिमको पहिलो दिनतालिमको औपचारिक उद्घाटन सत्रमा स्थानीय सरकार गोकुलगंगा गाँउपालिका प्रमुख श्री काजीबहादुर खड्का (दिनेश)को प्रमुखआतित्थ्यतामा सम्पन्नभएको थियो । गोकुलगंगा गाँउपालिकाका ३४ विद्यालयका कक्षा एकका ३४ जना शिक्षकहरुका लागि ५ दिने कष्टमाइज्ड तालिम सेतो गुराँस राष्ट्रिय बालविकासका परियोजना संयोजक कर्ण दरै, बरिष्ट तालिम अधिकृत कटक सिजापती, तथा तालिमअधिकृत दीपा खर्कवालले तालिमको सहजीकरण गर्नु भएको थियो । तालिमको पहिलो दिन प्रारम्भिक बालविकास तथा महत्व, बालमैत्री कक्षा कोठा व्यवस्थापन,  तथा बालकेन्द्रीत शिक्षण सिकाइको अवधारण बारे छलफल गरिएको थियो । 
तालिमको दोश्रो दिनमा बागमती प्रदेश, शिक्षा तालिम केन्द्र धुलीखेलका प्रमुखश्री खुबीराम अधिकारी तथा  योजना तथा अनुगमन अधिकृत श्री श्रीकृष्ण आचार्यद्धारा तालिमको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा शिक्षकहरुसँग अन्तक्रिया गर्दै आधारभूत तह १-३ को पाठयक्रमको लक्ष्य भनेको कक्षा शिक्षण भएकाले तालिम पश्चात कक्षा शिक्षण गर्नका अनुरोध समेत गर्नु भएको थियो । 
एकीकृत पाठ्यक्रमको अवधारणा, पाठ्यक्रमका विषय क्षेत्र, तथा विषयगत रुपमा हाम्रो सेरोफेरोको सिकाइ उपलब्धी, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको अन्तरसम्वन्धकोे बारेमा छलफल, शैक्षिक सामग्रीनिर्माणका साथै पाठ योजनागरि नमूना शिक्षण गरिएको थियो । त्यस्तै तेश्रो दिन विषय गतरुपमा मेरो गणित विषयको सिकाइउपलब्धी, शिक्षकनिर्देशिकातथा पाठ्यपुस्तको अन्तर सम्ंवन्धकोे बारेमा छलफल, शैक्षिक सामग्री निर्माणका साथै नमूना शिक्षण गरिएको थियो ।
एकीकृत पाठ योजनाको बारेमा छलफल साथै प्रशिक्षकबाट सुक्ष्म शिक्षण प्रस्तुतीका साथै विभिन्न समूहबाट १/१ जना सहभागीले शुक्ष्म शिक्षण गर्नु भएको थियो।  

तालिमको चौथो दिन विषयगत रुपमा मेरो नेपालीविषयको सिकाइउपलब्धी, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तको अन्तरसम्वन्धकोे बारेमा छलफल, शैक्षिक सामग्री निर्माणका साथै नमूना शिक्षण गरिएको थियो । साथै विद्यार्थीको मूल्याङ्कन र विद्यार्थीको व्यक्तिगत अभिलेखको बारेमा गोकुलगंगा गाउँपालिका शिक्षातथायुवा खेलकुद शाखाका प्रमुख श्री नरेन्द्र भण्डारीले छलफल गर्नु भएको थियो । 
तालिमको पाँचौ दिनमेरो अंग्रेजी विषयको सिकाइ उपलब्धी, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तको अन्तर सम्वन्ध, विषय क्षेत्र बारेमा छलफलगरि शैक्षिक सामग्री निर्माणका साथै नमूना शिक्षण गरिएको थियो ।

तालिममा सहभागी हुनुभएका श्री जट्टेश्वरी आधारभूत विद्यालयका शिक्षक लालबहादुर लामाले आफनो लागी तालिम अति नै महत्वपूर्ण रहेको बताउनुभयो । आधारभूत तह कक्षा ( १-३ ) पाठय्क्रम विस्तृत र धेरै नै उपयोगी कुराहरु आफुले तालिममा सिकेको उहाँको भनाई छ । शिक्षक लामाले तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतार्ने बताउनुभयो ।
समापन समारोहका प्रमुख अतिथि गोकुलगंगा गाँउपालिका वडा नं. ३, रस्नालुका वडा अध्यक्ष नर विक्रम कार्कीले सेतो गुराँस राष्ट्रिय बालविकास सेवा प्रति अति नै आभारी रहेको तथा शिक्षकहरुको क्षमता अभिवृद्धि हुँदै गएको शिक्षाको गुणस्तरमा पक्कै परिर्वतन आउने बताउनु भयो । 

सेतो गुराँस राष्ट्रिय बालविकासका परियोजना संयोजक कर्ण दरै, बरिष्ठ तालिम अधिकृत कटक सिजापती,तालिम अधिकृत दीपा खर्कवालले तालिमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको