नेपालले भारत र बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा बिजुली निर्यात ६८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली बिक्री गरेको थियो ।
गएको आर्थिक वर्ष नेपालले ३ अर्ब ८७ करोड युनिटभन्दा धेरै बिजुली निर्यात गरेको छ । भारतीय खुला बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७ रुपैयाँ ५६ पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएकाे हाे ।
यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर १० अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ ।
बिजुली बिक्री बढेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड रुपैयाँ खुद फाइदा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रूपैयाँ मात्र रहेको थियो । गएको आर्थिक वर्षमा यो बचत ३१३ प्रतिशतले बढेको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया थप्नुहोस्