साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक आज १७.९० अङ्कले बढेर २७३४.६३ विन्दुमा पुगेर बन्द भएको छ।
बजारमा आएको यो सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आज ३५३ कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा कुल १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ। बाँकी १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरूमा इभरेष्ट कलर लिमिटेड १४.९९ प्रतिशत, आत्मनिर्भर लघुवित्त १४.४६ प्रतिशत वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर २७ करोड ३४ लाख, कुमारी बैंक २५ करोड ८१ लाख, र अरुण कावेली पावर १९ करोड ६६ लाख पनि धेरै कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।
आजको कारोबारसँगै बजारले एक सातामा ५७.०९ अङ्कले बढेको छ । गत साता नेप्से २६७७.५४ अङ्कमा रोकिएको थियो ।
प्रतिक्रिया थप्नुहोस्