म्याग्दीमा पहिरोले पुरिएर एक जना बेपत्ता, एक जना घाइते

विस्तृत: जिल्ला म्याग्दी, अन्नपूर्ण गाउँपालिका –०६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ५:१० बजे घारा हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो । पहिरो खस्दा हाइड्रोपावरमा काम गर्ने क्रममा ड्युटीमा रहेका जिल्ला म्याग्दी, अन्नपूर्ण गाउँपालिका –०६ का अंन्दाजी ५५ वर्षीय दिपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका हुन् ।

सोही पहिरोबाट खसेको ढुंगाले हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका –०५ का ३१ वर्षीय सुरेन्द्र विकलाई लाग्दा उनी घाइते भएका छन् । उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पताल बेनीमा उपचार भईरहेको छ ।

घटनास्थलमा भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली खटिई बेपत्ता बरुवालको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको