इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वीराजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ।
गएराति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।
५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने अनुमान गरिएको छ।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।





प्रतिक्रिया थप्नुहोस्