काठमाण्डौ उपत्यकामा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

नेपाल आयल निगमले काठमाण्डौ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ ।

आज ७ वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेष्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ ।

पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेष्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ।

उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । निगमले बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर बिक्री–वितरण गरेको छ ।

टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी ५ वटा बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो । 

NOC-1786837310.jpg

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको