अन्तरराष्ट्रिय मजदुर दिवस !

आज मे १ तारिक अर्थात अन्तरराष्ट्रिय मजदुर दिवस !
मजदुर ले जितेको दिन को उत्सव मनाउन लागेको नेपालमा पनि यसपाली बाट १३६ बर्ष हुन लागिसक्यो।तर अझै पनि नेपालमा सही अर्थमा मजदुर उत्सव मनाउन सकिएक‍ो छैन।
यो बर्ष अर्थात २०८२ साल लाग्दा सम्म मजदुर ले बांच्न पुग्ने ज्याला पाउनु पर्नेमा सरकारले तोकेको न्युनतम ज्याला समेत सबै ठाउंमा पाउन सकेका छैनन्।यो दुखद:छ।
श्रमिक हक र अधिकार का लागि लड्ने संगठनहरु धेरै छन् तर यिनै संगठनहरु समेत मजदुर का साझा सवालमा समेत एकजुट हुन नसक्दा संविधान तथा श्रम ऐनमा लेखिएका अधिकारका कुरा समेत लागू गर्न सकिएको छैन।
मजदुर उत्सव समेत हामी एकै ठाउंमा बसेर मनाउन सकेका छैनौं।ट्रेडयुनियन र ब्यबसायी बिच भएका सहमतिहरु समेत कार्यान्वयन गर्न धौ धौ भएको छ।श्रम कार्यालय तथा अदालतले श्रमिकका पक्षमा गरेका निर्णयहरु समेत कार्यान्वयन नहुने भैहाले पनि सम्झौतामा टुंगिने स्थिति छ।
श्रमिक का पक्षमा लड्ने ट्रेड युनियन का नेतृत्वहरु मा पनि विचलन आउन थालेको छ जसले गर्दा कमजोर सिविए गर्दा सम्पुर्ण मजदुरहरु मारमा परेका छन्।
जति धेरै सामाजिक सुरक्षा उति धेरै श्रम लचकता भन्ने उक्ति लागू हुन सकेको छैन।यसको मुल कारण स्थिर सरकार नहुनु,अौधोगिक वातावरण नबन्नु जस्ता रहेका छन्।
जहाँ मजदुर हरु खुशी हुन्छन् त्यो देश ले विकासमा फड्को मारेको छ।त्यसैले यो मजदुर दिवसले सबै मजदुरहरुको मुहारमा खुशी ल्याउन सक्ने वातावरण बनाउन सरकार,उध्योगी र ट्रेड युनियन बिच प्रेरणा जागोस् सबै सबैमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु।
तीर्थ सुवेदी जिफन्ट समन्वय कमिटी रामेछाप अध्यक्ष हुन 

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

↑