हजुरको रेडियो १०२.१ मेगाहर्ज १८ औँ वर्षमा प्रवेश

रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो ‘हजुरको रेडियो’ १०२ दशमलव १ मेगाहर्ज १७ औँ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ।

“हजुरको आवाज, हजुरको साथ” भन्ने मूल नाराका साथ २०६६ साल साउन २९ गतेदेखि नियमित प्रसारण सुरु गरेको रेडियोले श्रोताकेन्द्रित सूचना, समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ।

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा मुख्य स्टुडियो रहेको रेडियोले विगत १७ वर्षदेखि निरन्तर रूपमा सूचनामूलक, मनोरञ्जनात्मक तथा स्थानीय भाषा-भाषीका कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।

विभिन्न जातजाति र समुदायका आवाजलाई समेट्दै ग्रामिण क्षेत्रका नागरिकलाई सुसूचित गराउन रेडियोले अग्रणी भूमिका खेल्दै आएको छ।

१८ औँ वर्ष प्रवेशको अवसरमा रेडियो परिवारले आफ्ना सम्पूर्ण श्रोता, विज्ञापनदाता, र शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको