राष्ट्र सेवक कर्मचारी सहकारीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, घना श्रेष्ठ पुनः अध्यक्षमा चयन

 


राष्ट्र सेवक कर्मचारी सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन आज संस्थाका अध्यक्ष घना श्रेष्ठको अध्यक्षतामा तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाज्यूको प्रमुख आतिथ्यतामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

साधारणसभामा सहकारीको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। छोटो अवधिमै संस्थाले हासिल गरेका उपलब्धि, सदस्यहरूको विश्वास, वित्तीय अनुशासन तथा सेवा विस्तारका विषयमा सहभागीहरूले सकारात्मक धारणा व्यक्त गरेका छन्।

अधिवेशनले निर्बिरोध रूपमा घना श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गर्दै ७ सदस्यीय सञ्चालक समिति गठन गरेको छ। त्यस्तै, रामशरण पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि सर्वसम्मत रूपमा चयन गरिएको छ।

प्रमुख अतिथि होम बहादुर थापाज्यूले स्थानीय स्तरमा बचत संकलन र ऋण प्रवाहमार्फत आर्थिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवामा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको