रामेछाप । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थलीले आफ्ना सदस्य तथा सफल सगरमाथा आरोही धानु श्रेष्ठलाई सम्मान गरेको छ ।
संस्थाले विशेष कार्यक्रम आयोजना गरी सगरमाथा आरोहणमार्फत जिल्लाको गौरव बढाएको भन्दै श्रेष्ठलाई सम्मानपत्र र दोसल्ला प्रदान गरेर सम्मान गरेको हो । कार्यक्रममा वक्ताहरूले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण व्यक्तिगत उपलब्धिमात्र नभई समाज र जिल्लाकै गौरवको विषय भएको बताएका थिए ।
सहकारीले आफ्ना सदस्यहरूले विभिन्न क्षेत्रमा हासिल गरेका उल्लेखनीय उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जनाएको छ । सम्मानित आरोही श्रेष्ठले सगरमाथा आरोहणका अनुभव सुनाउँदै सफलताका लागि परिवार, सहयोगी संस्था तथा शुभेच्छुकहरूको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत संघका उपाध्यक्ष नवीन केसी, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष दीपक घिमिरे, साहारा बचतका सल्लाहकार बद्री न्यौपानेलगायत सहकारीका पदाधिकारी, कर्मचारी, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने सदस्यलाई सम्मान तथा प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया थप्नुहोस्